• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

गायक दुर्गेश थापालाई पुत्र लाभ

काठमाडौं । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । थापाले सामाजिक सञ्जाल फेसवुकमा शिशूको तस्बीर सार्वजनिक गर्दै पुत्रलाभ भएको जानकारी दिएका छन्।

 

‘नयाँ मान्छेलाइ सुनौलो संसारमा स्वागत छ’ भन्दै उनले फेसबुकमा पोष्ट गरेका छन् । आफनो बिवाहको चर्चा खासै बाहिर नगरी बिवाह बन्धनमा बाँधिएका दुर्गेश थापा र उनकी पत्नी प्रचिन लामालाई शनिबार पुत्र लाभ भएको हो । 

 

गायक थापाले आफूहरु बिवाह बन्धनमा बाँधिएको एक बर्ष पूरा भएको भएपनि सार्वजनिक नगरेको बताएका छन् । दुर्गेशकी पत्नी प्राचिनले ह्याम्प अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार