• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन् । उक्त पुलको पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ मंसिर २२ गते  शिलान्यास गरेका थिए । आज सोही पुलको प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन् ।

 

लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन ।

 

करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो । प्रधानमन्त्री ओली विहान ११ बजे देउखुरी पुग्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि केही ढिला हुन सक्ने बताइएको छ ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार