• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रधानमन्त्री ओलीले गरे पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्। 

 

बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म एकघण्टा विशेष पूजा गरेको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका थिए । 

 

पुजामा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागीता रहेको थियो  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार