• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थपिए २७० कोरोना सङ्क्रमित,कोरोनाले मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो 

काठमाडौं । पछिल्लो २४ घण्टामा २७० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । 

 

यस्तै ४०३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको छन् भने नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ ।

 

हालसम्म क्वारेन्टिनमा एक सय ४५ जना छन् भने तीनहजार ३ सय १२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

 

यस्तै पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा दुईहजार १ जना पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार