• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

१९ वर्षीया सृष्टि बनिन् उत्तराखण्डमा एक दिनको लागी मुख्यमन्त्री

काठमाडौं । भारतको हरिद्वार जिल्ला दौलतपुरकी १९ वर्षीया युवती सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनका लागि मुख्यमन्त्री बनाएको छ । सृष्टिलाई २४ जनवरीका दिन (आज) आइतबार राष्ट्रिय बालिका दिवसको अवसरमा उत्तराखण्डको मुख्यमन्त्री बनाइएको हो ।

 

उत्तराखण्ड बालअधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले सरकारले महिला सशक्तीकरणप्रति जाकरुकता फैलाउने उद्देश्यले उनलाई मुख्यन्त्री बनाएको बताएका छन् । आफूलाई एक दिने मुख्यमन्त्री बनाइएकोप्रति खुसी व्यक्त गर्दै सृष्टीले विशेषगरी बालिकाको सुरक्षासँग जोडिएका विषयप्रति केन्द्रीत भएर उत्तरखण्ड सरकारका अलग अलग विभागसँग छलफल गरिने बताएकी छिन् ।

 

यस अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ र आफूले त्यस विषयमा सुझाव दिने कार्यक्रम रहेको सृष्टिले बताइन् । रुड्कीमा रहेको बीएसएम पीजी कलेजमा बीएस्सी एग्रीकल्चर पढिरहेकी सृष्टि एक दिनका लागि मुख्यमन्त्री बनेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार