• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

केपी ओलीले दरबारिया शक्तिको एजेण्डा बोकेका छन् : नेता भट्टराई

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी दरबारिया शक्तिले बोकेको एजेण्डा नै अंगालेर हिडिरहेको आरोप लगाएका छन् ।

 

माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा शनिबार काठमाडौंमा आयोजित संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल पुस्तक लोकार्पण कार्यक्रममा उनले दरबारियाहरुको र ओलीको भाषा र बोलीमा फरक नभएको जिकिर गरेका थिए ।

 

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतर्फ जाँदै गरेको उनले बताए । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्नका निम्ती ओलीले दुई तिहाई मत मागेको बताए ।

 

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार