• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

‘अहिले शुल्क बढाउने कुरा नगर्नुस्, स्थगित गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमबीबीएसको शुल्क नबढाउन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको चिकित्सा शिक्षा आयोगको पाँचौ बैठकमा प्रधानमन्त्री ओलीले आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क कार्यान्वयन नगर्न निर्देशन दिएका हुन ।

 

आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबीबीएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाएर ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो । आजको बैठकमा आयोगको अध्यक्ष समेत रहेको ओलीले कोरोना कहरले थला परेको अवस्थामा शुल्क वृद्धि गर्दा नकरात्मक असर पर्ने भएकोले बढेको शुल्क तत्कालै स्थगित गर्न निर्देशन दिएका हुन ।

 

‘अहिले शुल्क बढाउने कुरा नगर्नुस्, स्थगित गर्नुस्’, प्रम ओलीले भने । बैठकमा आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार