• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

मलेसियामा ज्यान गुमाएका १८ नेपालीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइयो

काठमाडौं । मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल ल्याइएको छ। नेपाल एयरलाइन्समार्फत मलेसियाबाट १८ जना नेपालीको शव आज नेपाल ल्याइएको हो। 

 

एयरलाइन्सले सामाजिक उत्तरदायित्व अनुसार  शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।

 

निगमले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अफगानिस्तानबाट नेपालीको शव ल्याएको थियो । शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो ।

 

निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ । शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार