• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

अब चार रुपैयाँमा चिउरा तरकारी खाजा

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ भड्खालामा रहेको मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा नै खाँदै आएका छन् ।

 

‘हम हाउस’ नामक एक जापानिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक २५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।

 

दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक चार रुपैयाँ पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए । यस संस्थाले गएको भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ ।

 

प्रधानाध्यापक पाण्डेले भने, ‘खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट,चम्चा, गिलास लगायतका सामग्री सहयोग भएको छ ।’ बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका यस संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार