• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

प्रतिनिधिसभा विघटनको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ (शुक्रबार) आज पनि ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ ।

 

अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाई, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले संवैधानिक इजलासमा आज रिट निवेदकका तर्फबाट बहस गरेका थिए ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रीत बहस गरिएको छैटौँ दिन आज दशजना कानून व्यवसायीले बहस गरे ।

 

आजसम्म रिट निवेदकका तर्फबाट ३५ कानून व्यवसायीले बहस गरेका छन्। इजलासले समयमा निकै कडाइ गरेको छ। आज वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको थियो । रिट निवेदन माथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार