• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

दिल्लीको एक सडकको नाम 'सुशान्त सिंह राजपूत मार्ग'

काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूतको सम्मानमा दक्षिणी दिल्लीको एन्ड्रियुजगन्जस्थित एक सडकको नामाकरण गरिएको छ। दक्षिण दिल्ली नगर निगमले यससँग सम्बन्धित प्रस्तावलाई मन्जुरी दिइसकेको अधिकारीहरुले बिहीबार जानकारी दिए ।

 

निगमका पार्षद अभिषेक दत्तले सेप्टेम्बरमा यो सडकको नामाकरण सुशान्तको नामबाट गर्नुपर्ने प्रस्ताव लगेका थिए। एन्ड्रियुजगन्जदेखि इन्दिरा क्याम्पसम्म जाने सडकको एक हिस्साको नाम सुशान्त सिंह राजपूत मार्ग राख्नुपर्ने माग दत्तले राखेका थिए ।

 

सुशान्त सिंहको ३५औं जन्मदिनका अवसरमा २१ जनवरीमा यो विषयलाई सार्वजनिक गरिएको हो । १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा सुशान्त मृत अवस्थामा भेटिएका थिए।

 

सुशान्तले पीके,एमएस धोनी :द अनटोल्ड स्टोरी, केदारनाथ, छिछोरे लगायत फिल्ममा अभिनय गरेका थिए । दिल बेचारा सुशान्तको अन्तिम फिल्म हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार