• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

केपी ओलीलाई तह लगाउन सकिने रहेनछ : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बर्ष सम्म प्रधानमन्त्री केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । नेकपा प्रचण्ड-नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् ।

 

केपी ओलीलाई तह लगाउन सकिने रहेनछ, शुरुबाटै केपी ओलीविरुद्ध दृढतापूर्ण संघर्ष गर्नपर्ने रहेछ, तर हामीले गरेनौ त्यसैले आत्मालोचना गर्न चाहन्छु’ उनले भने, ‘ओलीले पार्टीको विधान, संविधान नमान्ने मात्र होइन सिंगो गणतन्त्र नै मान्न तयार छैनन् ।’ आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले हामी अन्तत जनतामा आउनुपरेको उनले बताए ।

 

उनले भने, ‘ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन मात्र नभएर संविधान, गणतन्त्र र शान्तिप्रक्रिया पनि विघटन गर्न खोजेका छन् । खबरदार, शान्तिप्रक्रिया गणतन्त्र, संविधान सभा विघटन गर्न खोज्नेलाई नेपाली जनताले छाड्ने छैनन् ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार