• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

ओलीलाई इतिहासको कठघरामा उभ्याउने दाहाल–नेपाल समूहको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले  संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि आम जनता सडकमा उत्रिएको बताएका छन । 

 

दाहाल–नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले  यो प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने अडान राखेकाछन् । आज सिंगो देशभरि सरकारविरुद्ध जनता सडकमा उत्रिएको उल्लेख गर्दै खनालले ओली विश्वाघाती भएको टिप्पणी गरेका छन । 

 

 विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री घनश्याम भुषालले ओलीले जबसम्म घुँडा टेक्दैनन् त्यसबेलासम्म आन्दोलन जारी राख्ने बताएका छन । ओलीसँग अब साइबर सेना भनिने साइबर स्याल र सेटिङ मात्र बाँकी रहेको उनले कडा टिप्पणी समेत गरेका छन ।

 

संसद विघटन गरेपछि नेकपाका नेताहरु आपसी आरोप प्रत्यारोपमा सडकमा ओर्लिएका छन् भने समय छँदै नसोचे ओलीलाई इतिहासको कठघरामा उभ्याइने दाहाल–नेपाल समूहले चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार