७७—३६=४१
एकचालीस बर्ष बिते साथी नेताका पछि लाग्दा
पाकेका छन् झुलेका छन,खस्लान् ती खाउँला भनी
खस्यो खस्यो लौ झर्यो बल्ल जस्तै हुन्छ घरिघरि
मल मुत्र खुबै झर्छ झर्दैन फल केही गरि ।
न झम्टेर भेटिन्छ, न लम्केर पुगिन्छ त्यो
दुई टेको बिचमा उसको पाकेको हल्लिन्छ त्यो
देख्दै रसिलो पोषिलो फल छ थपक्क झर्न तत्पर
सिङ्गै जीवन गयो आशमै झरेन फल त्यो तर ।
प्रतिकृया दिनुहोस