• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

ओली इतिहास कै कुपात्र हुन : प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात रहेको बताएका छन् ।

 

नेपाल प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन राजतन्त्र पुनःस्थापित गर्ने षडयन्त्रको सुरुवात रहेकोले यसलाई हर मूल्यमा रोक्न आवश्यक रहेको बताए । प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी पनि गरेका थिए ।

 

उनले भने, ‘मलाई कसैलाई केही भन्नु छैन, प्रश्न केपी ओली मै छ, तपाईको खोक्रो र सामन्ती राष्ट्रवाद बाहेक अन्य केही सावित भयो ?’ यदी ओली राष्ट्रवादी भए पार्टीको विधि र विधान अनुसार चलेर निकास दिन के कसैले नछेक्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

 

आफूहरु पनि धेरैजना प्रधानमन्त्ती भइसकेको जनाउदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनै पर्ने कारण किन ? भन्दै प्रश्न गरेका थिए । उनले भने, ‘ माधव जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु भएको थियो र ? झलनाथ जीले प्रधानमन्त्री छोड्दा पार्टी फुटाउनु पर्या थियो र ?’

 

केपी ओली आफैको अहंकार र दम्भले प्रचण्ड(माधव समुहलाई दुई तिहाइ पक्षधर बनाएको हो । उनले पूर्व एमालेलाई बिश्वासमा लिन नसकेको भन्दै आफ्नो आफ्नो अनुहार एेनामा हेर्न आग्रह गरे । ओली संविधानका बिरुद्ध गएर बाजी हारिसकेको र जनताले जितिसकेको बताए ।

 

ओलीलाई इतिहासले कुपात्रको रुपमा सम्झीने अध्यक्ष प्रचण्डको भनाइ छ । संसद विघटन गरेको दिन देखि नै केपी ओलीको हातमा केही नभएको र चिजहरु अन्तै गएको पनि उनले बताए । संविधानको रक्षाका लागि जनअदालतमा जानुपर्ने भन्दै अदालत र निर्वाचन आयोगले यसको फैसला गर्ने अध्यक्ष प्रचण्डको तर्क थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार