• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बस्ने(समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ ।

 

माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटन लगायत विरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

 

कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शनका कार्यक्रमहरु गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार