• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

आजबाट इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ  बन्द हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओमा आजसम्म मात्रै आवेदन दिने सकिने जनाएको छ ।

 

माघ २ गतेबाट बिक्री खुला गरेको कम्पानीको आईपीओ मागभन्दा दुई गुणा बढी आवेदन परिसकेकोले आवेदन दिने समय नबढाइने एनआईबीएलस एस क्यापिटलले जनाएको छ ।

 

कम्पनीको आईपीओ हिजो ९सोमबार० साँझसम्म ११ लाख ८७ हजार ९ सय ५५ जनाले १४ करोड २८ लाख १४ हजार ४ सय ७० कित्ताका लागि १४ अर्ब २८ करोड १४ लाख ४७ हजार रुपैयाँ आवेदन परेको एनआईबीएल एस क्यापिटलले जनाएको छ । 

 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशत बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्रीपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार