• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

केपी ओली जस्ता भेडाहरुको संगत गरियो : प्रचण्ड

काठमाडौं ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सिंह जस्तै गर्जन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भेडा र सिंहको कथा सुनाएका थिए ।

 

उनले अघि भने, ‘केपी ओली जस्ता भेडाहरुको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? त्यसैले ऐना अगाडि उभिएर हेरौं, सिंहका सन्तान हौं भनेर गर्जियो भने केपी ओली जस्ता भेडाहरु... ।’

 

भोलि महिलाहरुको मात्र जुलुस, पर्सि मोटरसाइकल र्‍याली, ९ गते देशभरका साथै काठमाडौंमा विशाल प्रदर्शन गर्ने उनले सुनाए। आन्दोलन बढाउँदै लैजाने भन्दै उनले भने ‘१६ गते आम रुपमा जनतालाई उठाएर आम हड्तालतिर जानुपर्ने हुनसक्छ ।’

 

प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताए। अध्यक्ष प्रचण्डले पार्टीलाई बलियो बनाउने आफ्नो मनशाय भएको भएपनि प्रधानमन्त्री ओलीको शक्ति केन्द्रीत गर्ने मनशाय मात्रै भएको जिकिर गरे । 

 

ओलीले सबै सहमती किर्ते गरेका कारण प्रतिगामी सोच रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेकोले आफुहरुले आधिकारिकता पाउने विश्वास व्यक्त गर्दै उनले आफुहरु जनताको अदालतमा जाने उल्लेख गरे । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार