• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि,६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

 

देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

 

नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६७ हजार ६ सय ४४ पुगेको छ। त्यस्तै पछिल्लो चौबीस घण्टामा ३७४ जना निको भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ । 

 

हालसम्म क्‍वारेन्टिनमा २२१ जना छन् भने तीन हजार ८ सय ६१ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै मुलुकभर कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ६५ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार