• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘ताण्डव’ जीवनमा एकपटक आउँछ : डीनो मोरिया

काठमाडौं । फिल्मी जगतमा बलिउड कलाकार डीना मोरियालाई नचिन्ने कम नै होलान । बलिउडमा कहिले प्रेमसम्बन्ध त कहिले उनको कलाकारिताले उनी चर्चामा आइनै रहन्छन्। अहिले उनको चर्चाको बिषय भनेको फिल्म ‘ताण्डव’ हो ।

 

सैफ अलि खान अभिनित फिल्म राजनीतिक बिषयवस्तुमा केन्द्रित रहेको छ । फिल्ममा डीनो एउटा राजनीतिक पार्टीका प्रोफेसरको भुमिकामा देखिएका छन्। उनले भारतीय मिडियाहरुसँग यस फिल्मको बिषयमा केही चटपटा कुराहरु बताएका थिए जसका कारण उनी चर्चामा रहे ।

 

१५ जनवरीमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शनमा आएको फिल्म ९ इपिसोड बनेको छ। फिल्मलाई किशन महेरा र अलि अव्वास जफरले निमार्ण गरेका छन्। सैफ अलि खान, डिम्पल कपाडिया, सुनिल ग्रोवर, तिग्गमांशु धुलीया, डीनो मोरिया, कुमद मिश्रा, गौर खान,अमायर दस्तुर, जीसन अयुर कृतिका कामरा, सारा जेन डियास,सन्ध्या मृदुल,अनुपम सोनी, हितेन तेजवानी, परेश पावजा र सोनाली नागरानी लगाएतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

 

सुटिङ अघि आफनो भुमिकाको तयारी 
म सुटिङ अघि आफनो भुमिका बारे राम्ररी बुझछु र त्यसको तयारीमा जुट्छु। यसले मलाई फिल्ममा आफुले गर्ने भुमिका कसरी गर्नु उपयुक्त हुन्छ भन्ने कुरामा मद्धत गर्ने काम गर्छ। फिल्म ‘ताण्डव’ मा म एउटा राजनीतिक पार्टीको प्रोफेसरकोे भुमिकामा देखिएको छु । त्यसैले यो रोल गर्नु अघि मैले केही फिल्महरु र सिरिजहरु हेरे । मैले हेरेका फिल्महरुमा प्रोफेसरले गरेको अभिनयहरुलाई राम्रोसँग प्रस्ट्याइएको थियो ।

 

किन ताण्डव ? 
म निकै समय देखि पर्दा पछाडि थिए, किनकि मलाई लाग्थ्यो कि मेरो लागी मैले गर्ने जस्तो भुमिका अझै आएका छैनन्। अभिनय मेरो पहिलो मन पर्ने कला हो। यदि मैले राम्रो भुमिका पम अवश्य त्यसलाई गुमाउने थिइन। जब मलाई फिल्म ताण्डवको लागि अफर आयो मैले पहिला त्यसको स्क्रिप्ट पढे र स्क्रिप्ट मलाई धेरै नै मन प¥यो। यसकारणले पनि मैदे निर्देशक अलि अब्बास जफरसँग काम गर्ने मौका गुमाइन ।

 

जीवनमा एकपटक पाएको मौका
फिल्ममा धेरै राम्रा कलाकारहरूको अभिनय रहेको छ। मलाई यस्तो लाग्यो कि ‘ताण्डव’ भनेको जीवनमा एकपटक काम गर्ने मौका हो। मैले यो मौका गुमाउन हुँदैन भन्ने सोच। भारतमा पहिलो पटक राजनीतिक थ्रिलर बन्दै थियो जुन हिसाबले ‘ताण्डव’ नाम एकदमै राम्रो थियो ।

 

सम्बन्धको जटिलता 
यो एउटा रोचक कथा हो । यसमा मान्छे आफनो फाइदाको लागि एकले अर्कालाई तल गिराउने काम गरिरहेका हुन्छन्। फिल्मको कथा धेरै नै रोचक र चाखलाग्दो छ । राजनीतिक कथावस्तुमा बनेको यस फिल्ममा सम्बन्धको जटिलता धेरै नै देखाईको छ। यसकारणले पनि यो फिल्म हेरिसकेपछि धेरैले राजनीतिलाई अझ नजिकबाट बुझ्ने छन् । वेभ दुनियाँ   

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार