• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थपिए २ सय ६६ जना कोरोना संक्रमित, ४०० डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पीसीआर गरिएका ३५ सय आठमध्ये २६६ जनाको नतिजा पोजेटिभ आएको छ ।

 

यस्तै ४ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । हालसम्म क्‍वारेन्टिनमा २३१ जना छन् भने ३९ सय १९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

 

पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप पाँचजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ५९ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार