• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

बिवाह अघि यी कलाकारहरुसँग प्रेममा थिइन नायिका बिपाशा बासु

काठमाडौं । ७ जनवरी १९७८ मा जन्मिएकी बलिउड नायिका बिपाशा बसु अहिले ४० कटिसकेकी छिन् । ४० कट्दा पनि उनको अनुहारको लुक्समा भने खासै परिवर्तन आएको छैन । बलिउडमा उनले फिल्मबाट भन्दा पनि आफनो हट लुक्स र बिभिन्न बलिउड कलाकारहरुसँगको रोमान्सले धेरै चर्चा कमाइन । उनी अहिले बिवाहबन्धनमा बाधिएकी छिन् । उनी करण सिंह ग्रोवरसँग बैवाहिक बन्धनमा बाधिएकी छिन् । ३० अप्रेल २०१६ मा यी दुईबिचको बिवाह भएको थियो । तर करणसँग बिवाह पुर्व बिपासाले बीसवर्षसम्म रोमान्समा नै अल्झिरहिन् । उनको जीवनमा करण आउनु अघि उनको नाम बलिउडका तीन कलाकारहरुसँग धेरै नै चर्चामा रहेको थियो ।

 
डिनो मोरिया 

१७ वर्षको उमेरमा १९९६ ताका बिपाशा फिल्म अभिनेता तथा मोडल डिनो मोरियासँग मायाप्रेममा थिइन। त्यो समय डिनो निकै आक्रषित थिए र केटीहरू उनलाई धेरै नै मन पराउँथे। तर, डिनोका मन भने बिपाशातिर बस्न गयो । यी दुवैको लगभग ६ वर्षसम्म मायाप्रेम बस्यो । बिपाशा आफ्नो फिल्मको भविष्यलाई लिएर चिन्तित थिइन र उनको बिचमा नै डिनोसँगको साथ छुट्यो । यी दुवैले ‘राज’ र ‘गुनाह’ मा एकसाथ अभिनय पनि गरे । अहिले ब्रेकअप पछि पनि दुबैको मित्रता भने कायम नै छ ।  


जोन अब्राहम 
फिल्म ‘जिस्म’ मा बिपाशासँग नायकका रुपमा देखिएका थिए जोन अब्राहम । डिनो जस्तै जोन पनि आर्कषक व्यक्तित्वका धनी थिए। फिल्म जिस्मको सुटिङको समय जोन र बिपाशा नजिकिएका थिए । दुबै कतिसम्म नजिकिएका थिए भन्ने फिल्ममा दुबैको अभिनयबाट नै थाहा हुन्छ। फिल्म पनि हिट भयो र दुबैको जोडी पनि । २००२ बाट शुरु भएको दुबैको रोमान्स २०११ सम्म चलेको थियो। बलिउडमा दुबैको जोडीलाई आदर्श जोडी पनि भन्ने गरिन्छ । दुबैबिच मायाप्रेम एकदमै गाडिएको थियो । धेरैले उनीहरुको बिवाह बन्धनमा बाधिन्छन् भन्ने पनि अनुमान लगाएका थिए । तर सबै उल्टो हुन पुग्यो । यो जोडीमा पनि डरार आउँछ भनेर कसैले पनि सोचेको थिएन। दुबैबिच विवाहको कुरालाई लिएर खटपन हुन थालेको कुरा बाहिर आउन थाल्यो र लगभग दशवर्षसम्म चलेको मायाप्रेम बिचमा नै रोकियो ।    


हरमन बावेजा 
जोन अब्राहमसँँग अलग भएपछि बिपाशाको जिन्दगीमा कलाकार हरमन बावेजाको प्रवेश भयो। त्यो बेला हरमनको पनि नायिका प्रियंका चोपडासँग ब्रेकअप भएको थियोे भने बिपाशाको जोनसँग। दुबैको हालत एउटै थियो। त्यसैले पनि दुबै चाडै नै नजिक हुन पुगे। यो पनि चर्चा थियो कि बिपाशासँग हरमन विवाह गर्न चाहन्थे तर हरमनका परिवार यसमा सहमत थिएनन् । हरमनले आफनो परिवारको कुरालाई नकार्न सकेनन् र उनी परिवको पक्षमा नै गए । अन्तमा दुबै अलग भए । दुबैको प्रेमसम्बन्ध लगभग दुईतीन वर्ष चलेको थियो। 


करण सिंह ग्रोवर
फिल्म ‘अलोनको’ सुटिङको क्रममा बिपाशा र करण सिंह ग्रोवरको भेट भएको थियो । उनी प्रेमसम्बन्धबाट धेरै नै टुक्रिसकेकी थिइन। उनको अब विवाहबाट आशा हराईसेको थियो। तर विपाशाको मन करणले जितेर नै छाडे र दुबैले एक वर्षसम्मको प्रेमसम्बन्ध पछि विवाह गरे । अहिलेसम्म यी दुबैबिचको सम्बन्ध एकदमै राम्रो र जमेको छ । दुबैको फोटो सामाजिक सञ्जालमा छाइरहेको नै हुन्छ। वेभदुनियाँ

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार