• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

देउवाजी ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ : नेतृ कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने चेतावनी दिएकी छन ।

 

 सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत उनले बताइन् ।

 

  ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न  ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ उनले थपिन असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका समेत उत्पन्न भएको छ ।

 

रिपोर्टर्स क्लबमा बोल्दै नेतृ कोइरालाले देश रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको  जिकिर समेत गरिन ।

 

देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेको प्रति उनले कडा टिप्पणी समेत गरिन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार