• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ललाई राखिएको छ ।

 

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए। तर, न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि बहस रोकिएको थियो। कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीश सपना प्रधान मल्ललाई इजलासमा राखेका छन्।

 

न्यायाधीश हरिकृष्ण कार्कीको विषयमा प्रश्न उठेपछि पुस २२ मा उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आफू नबस्ने घोषणा गरेका थिए। राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत विपक्षीबाट लिखित जवाफ आइसकेको अवस्थामा पुस २२ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको पेसी तय भएको थियो। 

 

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका एक दर्जन रिटका निवेदकले संवैधानिक इजलासबाहेक बृहद् पूर्ण इजलास गठनको माग गर्दै आएका छन्। यसअघि रिट निवेदकको निवेदन प्रशासनिक तवरबाट अस्वीकार गरिएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार