• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

पहिलो निर्देशनमा रोशनीको सराहनीय काम

काठमाडौं । राष्ट्रिय गीत  ‘त्यही सच्चा नेपाली’ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सार्वजनिक भएको छ। गीतमा देविका बन्दना र राजन इशानको स्वर रहेको गीतमा आनन्द अधिकारीको रचना तथा संगीत  राजन इशान कै रहेको छ।

 

भिडियोको निर्देशन अभिनेत्री तथा निर्माता रोशनी केसीले गरेकी हुन्। गीतको सुटिङ चारदिन लगाएर लोकतन्त्र पार्क, पाटन,पशुपति क्षेत्र लगाएतका ठाउँहरुमा गरेको निर्माता केसीले जानकारी दिइन।

 

निर्माता चिजकुमार श्रेष्ठको निर्माण गरेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।  

 

गीतमा रामशरण उप्रेतीको छायांकन विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। यस्तै भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको कलर करेक्सन गरेका छन् भने पोस्टर डिजाइन तथा भिएफएक्स सत्यम रानाको रहेको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार