• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

सगरमाथाको नाम फेर्ने भारतीय पत्रकार चौधरीको अभियान, ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’

काठमाडौं । भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ । यो उही टोली हो जो प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन बालुवाटार पुगेको थियो । 

 

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएको भोलीपल्ट उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ। प्रधानमन्त्री  सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति हुन् जी न्यूजका सम्पादक सुधीर चौधरी जसले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिएका थिए । प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले  त्यसको भोलीपल्ट हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेर आफनो च्यानल मार्फत यस्तो बताएका हुन।

 

उनले भनेका छन् 'माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,' उनी भन्छन्,'संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधाकृष्ण सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दाबा ठोक्नुपर्छ।'

 

जी-न्यूजको यो अभियानमा उनले दर्शकहरूलाई सरिक हुन र आफ्नो तर्फबाट सामाजिक सञ्जालमार्फत् सगरमाथाको नाम परिवर्तनको अभियान चलाउन आह्वान समेत गरेका छन्।

 

https://twitter.com/i/broadcasts/1ZkJzevLWVwGv

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार