• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

जब कालिबहादुर खाम सुटुक्क बालुवाटार छिरे 

काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए ।

 

गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुगेका उनै खामले ओलीलाई आफ्ना माग तेस्र्याएर प्रधानमन्त्रीको धनगढीको कार्यक्रमको तयारीमा कार्यकर्ता जुटाउने र थप जिम्मेवारी सहित पश्चिम नेपालतिर हिँडेका थिए । उनले प्रधानमन्त्रीसमक्ष चारवटा माग राखेर अहिलेको अवस्थामा द्वन्द्व पीडितको मन तान्न सकिने र पूर्वमाओवादीलाई आफ्नो खेमामा कस्न सकिने आश्वासन दिलाएका छन् ।

 

खामले बालुवाटारमा प्रधानमन्त्रीसँग जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई प्रतिपरिवार एक लाख थप्न माग गरेका छन् । यसले गर्दा यसअघि प्रति परिवार १० लाख पाइसकेका पीडितका आफन्त वर्तमान सरकारप्रति आकर्षित हुने उनको आकलन छ ।

 

त्यसैगरी जनयुद्ध, जनआन्दोलनका घाइते र अपांगता भएकाहरूलाई परिचयपत्र र जुनसुकै बेला पनि निःशुल्क उपचारको व्यवस्था गर्न खामको अर्को माग छ । जनमुक्ति सेना नेपालका सबै कमाण्डर सदस्यहरूलाई राष्ट्रिय मान्यताप्राप्त मुक्ति सेनाको परिचयपत्र दिन, जनआन्दोलन र जनयुद्धताकाको मुद्दा निःशर्त खारेजी र बन्दीहरूको निःशहार्त रिइको समेत माग राखेका छन् ।

 

‘प्रचण्डलाई उतिबेला कैयौंचोटि भनेको हुँ, केही गरेनन्, हजुरले मेरा केही कुरा पूरा गर्न पहल गरिदिनुपर्‍यो’ यति भनेका खामलाई प्रधानमन्त्रीले ‘यसमा म पहिले बाटै सकारात्मक छु, अगाडि बढ्नोस्’ भन्ने प्रतिक्रिया दिएको निकट स्रोतले बताएको छ ।

 

चितवनको शक्तिखोर शिविरमा मारिएका व्यापारी रामहरि श्रेष्ठको हत्या अन्तर्गत फरार रहेका खाम माथि अरू पनि मुद्दा छन् । उनी त्यतिबेला शिविरको डिभिजन कमाण्डर थिए । उनीविरुद्ध सरकारी छाप दस्तखत किर्ते, चोरी डकैती र हातहति’यार खरखजना सम्बन्धी मुद्दा समेत छन् । रुकुम पूर्वको मगर बस्तीमा उनको राम्रो प्रभाव छ । जनआस्था साप्ताहिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार