• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको बताएका छन् । 

 

भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए ।

 

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पारे। उनले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पारे ।

 

यस्तै प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताए। दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताए ।

 

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार