• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

केपी गुटको पतन अनिवार्य छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको बताएका छन्।

 

मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशद्वारा आयोजित वृहत् कार्याकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु अन्तिम परिस्थितीसम्म पार्टी एकताको पक्षमा रहेको तर ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाएको बताए ।

 

‘केही महिनाभित्रै हामी विजयी हुन्छौँ। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौँ। मैले केपी ओलीलाई नै भनेको छु, तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।’

 

उनले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताएका छन्। उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्।

 

अध्यक्ष प्रचण्डले निर्वाचन आयोग, सर्वोच्च अदालत र जनतानको अदालतबाट आफूहरुकै पक्षमा फैसला आउने र संसद पुनर्स्थापना हुने दावी गरे । उनले प्रधानमन्त्री ओलीले अदालतलाई दवाबमा राखेर राज्यको दुरुपयोग गरेको पनि जनाए ।

 

दाहालले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुविधा नपाल्न आग्रह गर्नुका साथै अहिलेको कानुनले स्वतः आधिकारिकता आफ्नो पक्षले पाउने र नपाएमा आँधीबेहरी ल्याउने चेतावनी पनि दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार