• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण टुंगो लागेको छ । मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारतको भ्रमण गर्नेछन् । 

 

आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ ।    
    

नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पुर्‍याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ ।  

 

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटघाटको कार्यक्रमसमेत तय भएको मन्त्रालयको भनाइ छ। नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, विदेश सचिव, स्वास्थ्य सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कनेछन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार