• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

ओलीले पार्टी संगठनलाई भताभुंग पारे : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेका आरोप लगाएका छन्।

 

सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनप्रति ओलीको निष्ठा नभएको बताए। ओलीले पार्टी संगठनलाई भताभुंग पार्न चाहेका पनि उनको आरोप थियो। गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति ओलीमा कुनै अपनत्व नभएको नेपालले बताए।

 

बहुमत केन्द्रीय कमिटी सदस्य आफूहरूतिर भएकाले पार्टीको विधान संशोधन गर्न बहुमत चाहिने भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचल्ने नेपालले स्पष्ट पारे।

 

निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न नेता नेपालले आग्रह समेत गरेका बताए। प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार