• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
स्वास्थ्य

थप १० संक्रमितको मृत्यु, ४८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ५ हजार तीन सय नौजनाको पीसीआर गरिएकामध्ये चार सय ८८ जनाको नतिजा पोजेटिभ आएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबारसम्म जम्मा संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ जना पुगेको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा ५ सय २७ जना निको भएका छन् ।

 

यो सँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

 

पछिल्लो चौबीस घण्टामा  कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय २७ पुगेको छ ।

 

हालसम्म क्‍वारेन्टिनमा २३७ जना छन् भने चार हजार तीन सय ७३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार