• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सरकारले पनि गर्‍यो सिनेमा हल खोल्ने निर्णय 

काठमाडौं । सरकारले गत चैत ७ गतेबाट बन्द रहेका सिनेमा घर खोल्ने निर्णय गरेको छ । 

 

आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको जनाइएको छ ।

 

यसअघि नेपाल चलचित्र संघले पुस १० गतेदेखि नै सिनेमा हल खोल्ने निर्णय गरेको थियो । संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एचओको सुरक्षा मापदण्ड पालना गरी चलचित्र घरहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

 

संघले हवाई, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिर लगायत अन्य क्षेत्र पूर्ण रुपमा सञ्चालन भईसकेको तर सिनेमा क्षेत्र सञ्चालनको लागि सरकारबाट केही कदम नचालिएकोले सरकारको अनुमती बिना नै सिनेमा हल सञ्चालन गरेको संघका अध्यक्ष मधुशुदन प्रधानले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार