• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

अमेरिकी राष्ट्रपति ट्रम्पको खातालाई ट्वीटरले स्थायी रूपमै किन निलम्बन गर्‍यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर खाता स्थायी रूपमा निलम्बित भएको छ। सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले 'हिंसा थप उक्साउने खतरा' रहेको भन्दै उनको खाता निलम्बन गरेको हो।

 

ट्वीटरले 'डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि' उक्त निर्णय लिइएको जनाएको छ। केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए।

 

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको 'राक्षसी व्यवहारू माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन्।

 

ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्वीट गरेका छन्स् 'घिनलाग्दो... यदि फेरि यिनीहरू आउँदैनन् भन्ने लाग्छ भने, तपाईँ गलत हुनुहुन्छ।'

 

ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई 'देशभक्त' भनेपछि उनको खाता बुधवार १२ घन्टाका लागि अवरुद्ध गरिएको थियो।अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौँ समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए।

 

हिंसा भड्किँदा चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान समेत गुमाएका थिए। ट्विटरले यदि ट्रम्पले ट्विटरका नियमहरू पुन: उल्लङ्घन गरे उनीमाथि 'स्थायी' प्रतिबन्ध लगाउने भन्दै चेतावनी दिएको थियो। तर पुन: ट्विटरमा पहुँच अनुमति दिइएपछि शुक्रवार ट्रम्पले दुईवटा ट्वीट गरे र तिनै ट्वीटलाई कम्पनीले बन्द गर्ने अन्तिम कारण भएको बताएको छ। उनका ट्वीटलाई 'राष्ट्रपति ट्रम्प 'व्यवस्थित सत्ता हस्तान्तरण' सहज पार्ने योजनामा छैनन् भन्ने थप इङ्गित गरिएको' जनाएको छ।

 

ट्वीटरले @realDonaldTrump खाता हटाएपछि ट्रम्पले अमेरिकी राष्ट्रपतिको आधिकारिक खाता @Potus बाट ट्वीट गर्दै 'भविष्यमा आफ्नै त्यस्तै खालको सञ्जाल बनाउने सम्भाव्यताबारे हेरिहेको' बताएका छन्। तर उक्त ट्वीट राख्ने बितिक्कै त्यसलाई हटाइएको थियो। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार