• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

अब एउटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने

काठमाडौं । माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।

 

राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। गत चैत दोस्रो सातादेखि कोरोनाको असरका कारण अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।

 

अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटक भन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।

 

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार