• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

नेप्से दोहोरो अङ्कले उकालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले बढेको छ ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ ।

बिहीबारको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ ।

 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ ।

कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु. पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए ।

 

पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु. २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार