• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

सन्दीप पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लीग, पीएसएलको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् ।

 

ड्राफ्टमा सन्दिपसहित पाकिस्तान र अन्य देशका गरी कूल तीन सय खेलाडी समावेश छन् भने जनवरी ९ तारिखमा लिलामी हुनेछ । सन्दीप यसपटक सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा परेका छन् । 

 

यस श्रेणीमा  क्रिस गेल, ड्वेन ब्राभो, मोइन अली, डाविड मालन, इमरान ताहिर, राशिद खान, क्रिस लिन लगायतका  २५ जना खेलाडी छन् । 

 

प्लाटिनम श्रेणीमा ड्राफ्ट गरिएका खेलाडीलाई १ लाख १७ हजारदेखि २ लाख १८ हजार अमेरिकी डलरसम्म खरिद गर्न सक्ने छन् । यस्तै डाइमण्ड श्रेणीका खेलाडीको मूल्य ७३ हजारदेखि १ लाख ३ हजार अमेरिकी डलर रहने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार