• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ। विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो।

 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटाले भन्नुभयो, “पाँच सयभन्दा बढी उपप्राध्यापक पदका लागि प्रक्रिया अगाडि बढाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइनेछ। ” उहाँले उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने जानकारी दिनुभयो।

 

विश्वविद्यालयले परीक्षा प्रणालीमा पनि आवश्यक सुधार हुँदै गएको चर्चा गर्दै उपकुलपति बाँस्कोटाले भन्नुभयो, “यो अवस्थामा विश्वविद्यालयमा सेवा प्रवेश गर्ने प्राध्यापकको गुणस्तर, सेवा प्रवेश गर्ने माध्यम तथा प्रक्रियाबारे चनाखो हुनुपर्ने अवस्था छ। ”

 

उहाँले कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने योजना सुनाउँदै यसका लागि दरबन्दी सङ्कलनको अन्तिम चरणको काम भइरहेको बताउनुभयो। 

 

यसका साथै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको दरबन्दीसमेत सङ्कलन गर्ने काम भइरहेको छ। अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ।शेषकान्त पण्डित/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार