• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

सान्त्वना कलेजमा नयाँ बर्षको शुभकामना आदानप्रदान तथा 'फन्ड रेजिङ' कार्यक्रम सम्पन्न

काठमाडौं । सान्त्वना कलेजले नयाँ वर्षको पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

कोरोना संक्रमणको जोखिम र त्रास सचेतता पुर्वक सामना गरौं भन्ने मुल नाराका साथ बिद्यार्थीहरुले  डिस्को विथ मास्क कार्यक्रम आयोजना गरेका थिए । 

 

शुभकामना आदानप्रदान कार्यक्रममा सान्त्वना कलेज बिबिएस, बिएसडव्लु, CIMA, प्लसटु, मानवीकि, बिज्ञान र व्यवस्थापन लगायत संकायका दुई सय बढि बिद्यार्थी सहभागी थिए ।सोसियल वर्क संकायका बिद्यार्थीहरुले मनोरञ्नात्मक कार्यक्रम प्रस्तुत गर्नुका साथै बृक्षारोपण अभियान र फण्ड रेजिङ क्याम्पीयन समेतको आयोजना गरेका थिए ।

 

कार्यक्रममा बिभिन्न संकायमा प्रध्यापनरत् शिक्षक शिक्षिकाहरुको पनि सहभागिता रहेको थियो । सहभागीहरुले कोरोनाको जोखिम कायम रहेकाले स्वास्थ्यका मापदण्डहरुलाई ख्याल गर्नु आवश्यक भएको बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार