• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

‘फिजिकल सेक्योरिटी की' ले फेसबुक थप सुरक्षित हुने

काठमाडौं । सोसल मिडिया प्लेटफर्म फेसबुक थप सुरक्षित हुने भएको छ । फेसबुक मोबाइल एप प्रयोगकर्ताले अब  ‘फिजिकल सेक्योरिटी की’ को माध्यमबाट आइडी भेरिफाइ गरेर लगइन गर्नसक्ने फेसबुकले मंगलबार जानकारी दिएको छ। 

 

फेसबुक प्रयोगकर्ताले यो सुविधा आगामी वर्षदेखि उपयोग गर्न पाउनेछन् । हालका लागि डेक्सटप प्रयोगकर्ताले भौतिक पहिचान खुलाएर फेसबुक लगईन गर्न सक्ने अप्सन कम्पनीले दिएको छ ।

 

यसका लागि हार्डवेयर सेक्यूरेटीको आवश्यकता पर्छ । उक्त सुविधा उपयोग गर्नका लागि प्रयोगकर्ताले फेसबुकले तोकेको आधिकारीक वितरकबाट हार्डवेयर किन्नु पर्नेहुन्छ र सो हार्डवेयर किनेर फेसबुकमा दर्ता गर्नुपर्छ । उच्च ओहदाका व्यक्तिका फेसबुक एकाउन्टको सुरक्षाका लागि फेसबुकले नयाँ योजना अघि सारेको हो । 

 

कम्पनीले फेसबुक प्रोटेक्ट योजनामा विश्वभरका उच्च ओहदाका व्यक्ति र चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई सुरक्षा गर्नेछ। सन् २०२० को जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वभर हाइप्रोफाइल व्यक्तिहरुको ट्विटर एकाउन्ट ह्याक भएको थियो ।

 

निकट भविष्यमा फेसबुकले पनि त्यस्तो समस्या भोग्न सक्ने खतरा रहन्छ । त्यसबाट बच्न फेसबुकले अहिलेदेखि नै सुरक्षाका लागि काम सुरु गरेको हो । 

 

अहिले नै फेसबुक प्रोटेक्सन अन्तरगत अमेरिकामा उच्च सरकारी अधिकारी राजनीतिज्ञ निर्वाचन अधिकारीहरुको एकाउन्टलाई अतिरिक्त सुरक्षा दिन थालिसकेको छ भने रियल टाइम मनिटरिङ्ग समेत गरिरहेको छ । रोयटर्स

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार