वीन्टरमा सबैको प्रिय वुलन क्याप
जयन सुब्बा मानन्धर, काठमाडौं । फेशन डिजाइनर सन्तोषी श्रेष्ठ पनि साझ –बिहान घरमा यो क्याप लाउने गरेको सुनाउँछिन् । दिनभर काममा बिजी भएर घर आउँदा एनिमल क्याप लाउने आफ्नो बानी नै भैसकेको छ ।
मोडल एवं कलाकार सिरोज दाहालको लागि यो जाडोमा एनिमल क्याप साथी जस्तो नै भएको छ । प्राय मोटरबाइकमा हिड्नु पर्ने भएकोले कलेज जाँदा ,डेटिंग जाँदा, साथीहरुसँग घुम्न जाँदा हरेक ठाउँमा एनिमल क्याप नै लगाउने गर्छु । उनी भन्छन् “मेरो गर्लफ्रेन्डले एनिमल क्याप लगाएको मननपराए पनि चिसो चिसो यामको लागि यो टोपी औसधि नै हो भने अर्कोतर्फ यो लगाउँदा फेशेनवल पनि देखिने भएकोले अझ बढी मलाई मनपर्ने गरेको हो” ।
त्यस्तै गृहिणी सुधा चित्रकारले चिसो मौसममा आफ्नो दुवै बच्चालाई एनिमल वुलन क्याप लगाई दिने गरेको बताइन् । “न्यानो पनि हुने कलरफुल फेन्सी डिजाइन हुने भएकोले राम्रो पनि देखिन्छ” ।
काठमाडौं ठमेलका उलन ब्यापारी प्रभात जोशी जाडो महिनामा उलंन क्यापको निक्कै डिमान्ड हुने गरेको बताउँछन् । पहिला ठमेल घुम्न आउने बिदेशी पर्यटकले मात्र प्रयोग गर्ने एनिमल वुलन क्याप हाल नेपालीहरुको पनि प्रिय पहिरन हुन थालेको छ । यसो हुनुमा बिदेशीहरुले एनिमल क्याप लगाएर चिसोबाट सुरक्षित भएको पाईएकोले पनि नेपालीहरुले सिको गरेको हुनु पर्ने ब्यापारी जोशीको ठहर छ ।
पहिलेको तुलनामा नेपाली युवामाझ एनिमल क्यापको फेशन वाह्तै बढेको पाइन्छ । धेरैले यो जाडोमा एनिमल क्याप लाएर आफुलाई न्यानो बनाएको पाइयो । एकातिर फेशन कै रुपमा बढी चलेको यो क्याप लाउँदा चिसो बाट हुने टाउको दुखाइबाट राहत समेत मिल्ने गरेको सबैको एकमत रहेको छ्र ,जसले गर्दा पनि एनिमल क्याप लाउने बच्चा देखि बुढाबुढीसम्म देखिएको छ ।
हरेक जाडो महिना आयो की वुलन एनिमल क्यापको डिमान्ड बढ्ने गरेको छ । के केटा केटी ,के बुढाबुढी ,के युवा सबैको लागि प्रिय बनेको छ वुलन एनिमल क्याप केही समय अघि ठमेलमा बिदेशीहरुले मात्र प्रयोग गर्ने यो क्याप हाल आएर हामीकहाँ पनि लोकप्रिय बनेको छ । यसपाली त झन जाडोमा एनिमल वुलन क्याप छ्यापछ्यापती देखिएको छ ।विभिन्न कलर ,आकर्षक डिजाइनमा सस्तो महँगो दुवै मुल्यमा उपलब्ध हुनुका साथै यसको प्रयोगले फेशनेबल देखिनु त छदै नै छ त्यो संग सँगै जाडोमा न्यानो पनि हुने भएकोले यो क्यापप्रति सबैको मोह बढेको हो ।
एनिमल वुलन क्यापको भित्र पट्टि तातो कपडा हुने भएकोले यसको प्रयोगले टाउको र कानमा न्यानो हुने गर्दछ । एनिमल वुलन क्यापको फेशन बढी चलेको गर्दा हिजो आज ठमेलमा यस्ता क्याप पाइने पसलहरु धेरै बढेको पाइएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस