• शनिबार १-८-२०८१/Saturday 04-20-2024
फेशन

नेपाली उत्पादन, अल्लोको पहिरन कम्फरटेवल र आकर्षक

काठमाडौं । नेपालमा उत्पादिन पहिरनका कपडाहरु स्वेदशमा मात्र होइन विदेशमा धेरै लोकप्रिय हुँदै गइरहेका छन् । सस्तो र कम गुणस्तरीय विदेशी कपडाहरुको तुलनामा नेपाली कपडाहरु बढी टिकाउ मानिन्छन् ।

 

जसमध्ये अल्लोबाट उत्पादित कपडाहरु स्वास्थ्य र फेसनका हिसाबले धेरैको रोजाइमा पर्छ । नेपाली गाउँघरमा पाइने बनस्पतीको विरुवालाई प्रशोधन गरी धागो वा डोरी तयार पारी प्रयोग गर्ने प्रचलन धेरै अगाडी देखि हुँदै आए पनि यतिबेला फेसनएबल पहिरनका कपडाहरु लोकप्रिय हुन थालेका हुन् ।

 

संखुवासभा र सोलुखुम्बु जिल्लामा स्न १९८८ तिर नै अध्ययन अवलोकन गरी कपडा उत्पादन थालिए पनि यसले फेसनका रुपमा बृहत्तर रुप लिन थालेको एकदशक मात्र भएको छ। अल्लोको कपड गर्मी महिनामा लगाउन स्वास्थ्यकर मान्ने गरिन्छ भने जाडो महिनामा न्यानो पहिरनका रुपमा लगाउने गरिन्छ । यतिबेला रुकुम, रोल्पा, लमजुङ, गोरखा लगायतका जिल्लामा विभिन्न डिजाइनमा अल्लोका फेसनएवल पहिरनहरु उत्पादन हुन थालेका छन् ।

 

नेपालमा हाल कोट, मफलर, सल, झोला, वानपिस, मिनिस्कट, हाते ब्याग, जुत्ता, ह्याट, टोपी, मेच टेबुल कभर लगायतका सामाग्रीहरु उत्पादन गरिन्छ । अल्लोका नेचुरल फेब्रिक कपडाहरु धेरैजसो ब्राउन कलरमा तयार हुन्छन् । नेपालमा ग्रामीण भेगका महिलाहरुले हातले बुनेर तयार पारिएका यस्ता अल्लो फेसनका कपडाहरु लगाउन कम्फरटेवल र आकर्षक मानिन्छन् ।

 

विदेशी पर्यटकहरुले विशेष गरेर उपहारका रुपमा लिएर जाने गर्छन । अल्लो कपडा उत्पादन क्लबकी संचालिका लिला राई भन्छिन, 'नेपालमा मात्र नभई अमेरिका, हङकङ लगायतका देशमा अल्लो धेरैको रोजाइमा परेको छ, विशेषतः स्वास्थ्यका हिसाबले अल्लोका कपडाहरु खोजी हुने गरेको छ ।'

 

जेन्स अल्लो कोट- जेन्सका कोटहरु विभिन्न स्टाइलमा तयार छन् । बाक्लो र न्यानो यस्ता कोटहरुको मुल्य १० हजार रुपैयाँ सम्म पर्छ । त्यसबाहेक कोटको गुणस्तर हेरेर मूल्य तोकिएको छ । कोट तयार पार्न मेहेनत धेरै पर्छ । त्यसैले यसको मूल्य गुणस्तर र मेहेनतलाई निर्धारण गरिएको छ । नेपालमा उत्पादिन यी कपडाहरु ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नारासहित विक्री गर्ने गरिन्छ ।

 

सल- अल्लोको धागोबाट बनेका सलहरु विभिन्न स्टाइलमा तयार छन् । फरक–फरक बुट्टा भरेर सललाई सुहाउँदिलो बनाइएको छ । करिब पाँच प्रकारका सलहरु बजारमा छन् । सानो र ठूलो आकारको सलको मूल्य फरक–फरक पर्छ । सलहरु लेडिज र जेन्सहरु दुवैलाई हुने गरी उत्पादन गरिएको छ ।

 

प्याग तथा पर्स- अल्लोबाट बनेका लेडिज प्याग वा पछाडी भिर्ने जेन्स ब्यागहरु आकर्षक मानिन्छन् । व्यागहरु करिब चार आइटमका बजारमा पाइन्छन् । यस्ता व्यागहरु एक हजार देखि माथि मुल्य पर्छ ।

 

अल्लो फेब्रिकमध्ये धेरैको रोजाइमा पर्ने भनेको हाते पर्सहरु हुन् । लेडिज र जेन्सका पर्सहरु सात प्रकारका बजारमा उपलब्ध छन् । बुट्टा र साइज अनुसार पर्सहरुको मूल्य तीनसय रुपैया भन्दा माथि पर्छ । वातावरण अनुकुलका क्यारी ब्यागहरु पनि तयार पारिएको छ ।

 

मफलर- जाडो महिनामा धेरैको रोजाइमा पर्ने अल्लोका मफलरहरु न्यानो हुन्छ । मफलर पनि सानो तथा ठूलो अर्थात बाक्लो र पातलो सबै आकारमा छन्। बुट्टा र झुम्का निकालिएका मफलरहरुको मूल्य फरक फरक पर्छ ।

 

यतिमात्र होइन अल्लो र ढाकाबाट बनेका लेडिज फेसनका पहिरन पनि उत्पादन गरिएको छ । जाडोका लागी न्यानो टोपी तथा ह्याटहरु आकर्षित मानिन्छन् । सामान्यतः उपहारका लागी अल्लोका ह्याट तथा पर्सहरु चल्तीमा छन् ।

 

जेन्स जुत्ता तथा महिलाका सेन्डलहरु पनि विभिन्न आइटममा तयार पारिएका छन् । टेबुल मेच कभर तथा वालेटहरु, अन्य खेलौनाका सामाग्रीहरु पनि रोजी छानी किन्न पाइन्छ । काठमाडौंको बौद्ध, ठमेल, झम्सीखेल लगायतका स्थानमा अल्लो फेसनका आधिकारिक विक्रेताहरु मार्फत खरिद गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार