• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

फेसबुकलाई टुक्र्याउन भन्दै अमेरिकामा एउटा गम्भीर मुद्दा दायर

काठमाडौं । अमेरिकाका सङ्घीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदम मार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै उक्त कम्पनीविरूद्ध मुद्दा दर्ता गरेका छन्। 

 

त्यो उक्त सामाजिक सञ्जाल कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानुनी कदम मध्ये हो। अधिकारीहरूले अदालतलाई उक्त कम्पनीलाई टुक्र्याउने बिषयमा सोच्न भनेका छन्। अर्बौँमा प्रयोगकर्ता रहेका इन्स्टाग्राम र ह्वाट्सएपमा समेत फेसबुककै लगानी छ।


४८ वटा राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले उक्त कम्पनीले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन्। अधिकारीहरूले फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीहरूलाई 'किन्ने वा सिध्याउने' शैली लिएको आरोप लगाएका छन्।

 

अधिकारीहरूले फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम र सन् २०१४ मा ह्वाट्सएप किन्ने काम प्रतिस्पर्धा किन्ने काम भएको बताएका छन्। तर फेसबुकले ती कम्पनी त्यसबेला निकै साना रहेको बताएको छ। अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाएर फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार