महिला हिंसाको चित्रण नाटक ‘वीररूपा’
काठमाडौं । महिला हिंसाविरुद्धको १६ दिने अभियानको सिलसिलामा महिला, शान्ति र सुरक्षाका सवालमा केन्द्रित नाटक ‘वीररूपा’ भर्चुअल माध्यम मार्फत प्रदर्शन गरिएको छ । नेपालका ६५ भन्दा बढी जिल्ला र विदेशबाट चार सयभन्दा बढी दर्शकको प्रत्यक्ष सहभागिता थियो ।
समाजमा व्याप्त महिला हिंसाका घटनालाई विभिन्न चार पात्रको जीवन भोगाइ नाटकमा प्रस्तुत गरिएको छ। नाटकमा महिला हिंसा अन्त्य गर्न तथा लैंगिक समानता कायम गर्न नीतिगत सुधार भए पनि कार्यान्वयनको पक्ष कमजोर रहेको यथार्थता प्रस्तुत गरिएको छ ।
मण्डला थिएटरका १२ जना कलाकारको नाटकमा अभिनय रहेको थियो । रक्षा एक बाबुविहीन छोरीको भूमिकामा छिन् । उनी विभिन्न कार्यालयमा कामको सिलसिलामा पुग्छिन्, तर सेवा भने सहज रूपमा प्राप्त गर्न सक्दिनन् । नेपालको संविधानले आमाको नामबाट कानुनी कागजातलगायत महिला अधिकारसँग सम्बन्धित कैयौँ सवालको संवैधानिक ग्यारेन्टी गरे पनि व्यवहारतः यसको कार्यान्वयन फितलो रहेको यथार्थता यो पात्रले नाटकमा प्रस्तुत गरेका छन् ।
यस्तै नाटकको अर्को कथाको पात्रको नाम हो रूपाको । रुपाका बाबुआमा छैनन् । उनी हजुरआमाको बसेकी छिन् । बाबुको खोजी गर्ने उनको अठोट निराशामा परिणत भएपछि अब आफैँ सक्षम बनी समाज सुधारको अभियानमा लाग्ने उनले अठोट गर्छिन् । नाटकमा यो पात्रले महिला आफैँ सशक्त भए मात्रै महिला अधिकारका सवालमा गुणत्मक फड्को मार्न सकिने यथार्थता प्रस्तुत गरेको छ ।
यस्ते नाटकमा आशा नाम छिन् जो जागिरको सिलसिलामा विभिन्न कार्यालयमा जान्छिन्, तर प्रत्येक कार्यालयमा हिंसाको सामना गर्न उनलाई बाध्य पारिएपछि उनी आफैँ समाज सुधारको अभियानमा होमिने अठोट गछिन् । नाटकमा उही कुरा उनको सन्दर्भलाई जोडिएको छ ।
त्यसैगरी, नाटकमा विजया नामक पात्रको कथाले पनि हाम्रै समाजको यथार्थता बोकेको छ । श्रीमानसँग सल्लाह र समझदारीमै जागिर गर्छिन् । तरबिस्तारै उनीमाथि श्रीमान् र समाजले शंका गर्न थालेपछि सुरु भएको मनमुटाव उत्कर्षमा पुग्छ र श्रीमानले आवेगमा श्रीमतीमाथि तेजाव आक्रमण गर्छन् ।
नाटक हेरिसकेपछि संघीय संसदका सदस्य गगन थापाले नाटक यर्थाथमा आधारित भएको प्रतिक्रिया दिए। लैंगिक समानताका लागि पछिल्लो समय केही आशालाग्दा प्रयास सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रम नीति निर्मातालाई खबरदारीका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
यूएनडीपी र पीएसपीको सहयोगमा स्पेस र मण्डला थिएटरले संयुक्त रुपमा नाटक प्रदर्शन गरेका हुन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस