• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
फेशन

विन्टरमा लङ बुट

जयन सुब्बा मानन्धर, काठमाडौं । जाडो याममा घुडासम्म आउने न्यानो बुट लगाएका स्मार्ट युवती थुप्रै भेटिन्छन ।  शहर बजार तिर लङ बुट लगाएर स्कुटी हाक्दाको मज्जा मोडल स्नेहा शर्माका लागि ब्यक्त गर्न सकिने कुरा होइन ।

 

चिसो मौसममा बुटले खुट्टालाई न्यानो त बनाउछ नै लगाउनेलाई ग्ल्यामर पनि देखाउँछ । यस्तै मोडल एवं नायिका महिमा स्नेहासँग सहमत छिन्  । हरेक पटक बिदेश जाँदा उनी लङ बुट र फेशनेवल बुट ल्याउन कहिले बिर्सनन् ।  उनी बुटलाई विन्टरको हट एक्सेसरिज भन्न रुचाउछिन् ।

 

यस्तै अन्य नायिका तथा मोडलहरुले बुटलाई नभई नहुने विन्टर वेयरका रुपमा लिने गरेका छन् । अहिले सबै उमेरका महिलाका लागि बुट विन्टरको लोकप्रिय फेशन भइसकेको छ । हिजोआज मार्केट मा सहज रुपमा बिभिन्न डिजाइनका बुटहरु  लङ ,हाफ ,एन्कल लेन्थ  ,नी लेन्थ ,फेन्सी  ,थाई लेन्थ उपलब्ध छन् ।

 

दरबारमार्गमा रहेको पेल्जमा भेटिएको ४१ बर्षीय सुधा चित्रकार लङ बुटको मोलमोलाई गरिरहेकी थिइन्  । मोडल रबिना महत पनि दरबारमार्ग चेल्सीमा एनिमल प्रिन्टेड नी लेन्थ बुट नियाल्दै थिइन् ।

 

चेल्सीको संचालक नानु महर्जन लङ बुट एव नी लेन्थ बुट जुनसुकै उमेरका समुहका युवतीहरुले  मनपराउने भएकाले यसको डिमान्ड बढी भएको बचाउँछिन । लङ बुटले ग्ल्यामर लुक मात्र दिदैन खुटटालाई चिसोबाट पनि बचाउँछ ।

 

ब्लेक, रेड ,मरुन ,ब्राउन ,व्हाइट  बिभिन्न कलरका लङ बुटहरु मार्केटमा उपलब्ध भए पनि सबैभन्दा बढी चलेको ब्लेक लङ बुट नै हो । पेन्ट ,स्लेक्स, लेगीन्स सँग कोट,ज्याकेट, वुलन स्वेटर ,लङ ड्रेस ,हुडी आदिसँग म्याचीङ गरेर लङ बुटको प्रयोग गर्न सकिन्छ ।

 

हिजोआज २५ बर्ष देखि ५० बर्ष पुगेका महिलाहरुमा  वुलन कुर्ती टप्ससँग वुलन एव भेल्भेट लेगीन्ससंग लङ बुट प्रयोगको फेशन अत्यधिक मात्रामा चलेको छ ।  त्यसका साथै चिसो मौसममा  स्कुटीमा हुईकिने महिलाहरुका  लागि त लङ बुट अनिवार्य नै भइसकेको छ । 

 

मोडल : सरिना थिङ


तस्वीर : कुबेर तामाङ 

 

ad

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार