कक्षा १२ को नतिजा एक महिना भित्र आउने,शैक्षिक सत्र प्रभावित नहुने
काठमाडौं । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरि एक महिनाभित्र नतिजा पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रध्यापक डाक्टर चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए ।
परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ भने कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ ।
विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्ने भएकोले एक साताभित्र यो काम पूरा हुने विश्वास अध्यक्ष पौडेलको रहेको छ ।
विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डले जनाएको छ ।
प्रतिकृया दिनुहोस