• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव अन्तर्गत आज ९ फिल्महरु प्रदर्शन 

काठमाडौं। बुधबारबाट सुरु भएको ८ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको आज चौथो दिन (शनिवार) ९ फिल्महरु प्रदर्शन भएका छन् । फिल्महरु भर्चुअल माध्यम बाट प्रदर्शन भएका थिए ।

 

महोत्सवमा 'फर्म एण्ड फंग्सन', 'संग अफ स्प्यारो', 'बर्न इन गाम्बिया', 'आइ विल लभ यु टिल दि इन्ड', 'साउण्डलेस डान्स', 'दि साको टेप्स' र नेपालबाट 'कलम', 'गाइने' र 'ब्लुज अफ पिंक' प्रदर्शन भएका थिए । 

 

मंसिर १५ सम्म चल्ने महोत्सवमा २९ देशका कुल ५२ फिल्महरु प्रदर्शन हुँदैछन् । महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, लघु फिल्म, एनिमेटेड लगायतका विधाका फिल्महरु समेटिएका छन् । यससंगै महोत्सवमा विभिन्न बिषयमा अन्तरक्रियात्मक कार्यक्रमहरु पनि संचालन भईरहेका छन ।  

 

आज महोत्सवमा 'नेपाली सिनेमामा अल्पसंख्यकहरुको चित्रण' बिषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि संचालन भएको थियो । जुम एपबाट संचालन भएको उक्त कार्यक्रममा बिनोद पौडेल, सिमरन सेरचन, टिका दाहाल, नवराज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

 

महोत्सव मानव अधिकार चलचित्र केन्द्रको आयोजना र राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड, युरोपियन युनियन लगायतको सहकार्यमा महोत्सव आयोजना भएको हो । यी फिल्महरु 'चलचित्र टिभी' एप मार्फत पनि हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार