• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

वरुण धवन अभिनीत ‘कुली नम्बर १’ को ट्रेलर सार्वजनिक

मुम्बई ।  फिल्म 'कुली नम्बर १' को ट्रेलर सार्वजनिक गरिएको छ । वरुण धवन मुख्य भूमिकामा रहेको यस फिल्मलाई डेविड धवनले निर्देशन गरेका हुन् । 

 

फिल्म सन् १९९५ को गोविन्दा र करिश्मा कपूर अभिनित हिट फिल्म 'कुली नम्बर १' को रिमेक हो । उक्त फिल्मलाई पनि डेविड धवनले नै निर्देशन गरेका थिए । फिल्मको ट्रेलर  कमेडीले भरिएको छ भने वरुण अलग–अलग चरित्रमा देखिएका छन्।

 

फिल्ममा वरुण धवन  सारा अली खान, परेश रावल, जावेद जाफरी, जोनी लीवर, राजपाल यादव लगायतको अभिनय रहेको छ । यस्तै फिल्ममा वासु बागनानी, ज्याकी बागनानी र दीपशिखा देशमुखको निर्माण रहको छ ।

 

फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम मार्फत रिलिज गर्ने तयारी रहेको छ। २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म 'कुली नम्बर १' रिलिज हुनेछ ।एजेन्सी

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार