नेकपा सचिवालयको अर्को बैठक मंसिर १६ गते बस्ने, दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुन : १६ गते बस्ने गरी सकिएको छ ।
आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ ।’
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस