• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

नेकपा सचिवालयको अर्को बैठक मंसिर १६ गते बस्ने, दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुन : १६ गते बस्ने गरी सकिएको छ ।

 

आजको  बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

‘प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार